Home

बिजुक्छे निवास पुगिन् राष्ट्रपति भण्डारी

admin

काठमाडौँ, ७ माघ : राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको निवास पुगेकी छन्।

भक्तपुरको कमलविनायकस्थित विजुक्छे निवासमा राष्ट्रपति भण्डारी साँझ पुगेकी हुन्। दिउँसो विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गरेर फर्कने क्रममा राष्ट्रपति विजुक्छेको घरमा पुगेकी थिइन्।

भेटमा समसामयिक विषयमा कुराकानी भएको थियो।

प्रतिक्रिया