पन्ध्र किलो बढी चरेससहित दुई जना पक्राउ

admin

काठमाडौँ, ७ माघ : कञ्चनपुरमा दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घरभै भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने करन धामीलाई जाँच गर्दा उहाँको साथबाट चरेस बरामद गरेको हो ।

धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताउनुभयो ।

भट्टको साथबाट ७६ ग्राम लागुऔषध चरेस बरामद भएको उहाँको भनाइ छ । चरेससहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ । दुवै जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि आजमात्रै जानकारी गराएको छ ।

 

प्रतिक्रिया