काठमाडौंबाहिर २५ सयले लिए नयाँ श्रमस्वीकृति

admin

काठमाडौं , १२ माघ : श्रमस्वीकृतिका काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि हालसम्म लगभग २ हजार ५ सय युवाले नयाँ श्रमस्वीकृति लिएका छन् ।

पोखरा र वुटवलबाट यसअघि नै सेवा विस्तार गरिएका कारण ती कार्यालयबाट सेवा लिनेको सङ्ख्या भने केही बढि रहेको छ ।

सरकारले पुस अन्तिम हप्ताबाट श्रमस्वीकृतिका सबै काम प्रदेशस्तरका श्रम कार्यालयबाट गर्ने निर्णय गरेको भएपनि सुर्खेत र कैलालीमा प्रविधिक पूर्वाधारको काम भने दुई दिनअघि मात्रै पूरा भएर सेवा प्रदान हुन थालेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी आर्यालले धनगढी र सुर्खेतबाट समेत सेवा प्रवाह हुने गरी शुभारम्भ गरेपछि अब भने सबै प्रदेशबाट सेवा लिन सकिने छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया