यी हु्न् राष्ट्रपतिका सम्भावित उम्मेदवार

admin

काठमाडौं, १२ माघ : निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति नतोक्दै उम्मेदवार को हुने भन्ने आन्तरिक चर्चा सुरु भएको छ। सत्ता गठबन्धनमा आबद्ध दलमध्ये नेकपा एमालेका भागमा राष्ट्रपति परेकाले त्यहाँ दुई पात्र बढी नै चर्चामा छन्।

राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।

सभामुख चयनसँगै दलहरूको ध्यान राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित भएको छ। सत्तामा भएका र बाहिर रहेका दलहरूले आफ्नो दलको प्रतिनिधित्व हुने गरी राष्ट्रपति बनाउनेतर्फ चासो दिइरहेका छन्।

सत्ता गठबन्धन दलहरूले आफूबीच भएका सहमतिहरू अहिलेसम्म परिपालना गरेका कारण एमालेका तर्फबाट अघि सारिने उम्मेदवारलाई राष्ट्रपतिको निर्वाचन जित्न सहज हुने देखिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने जनाइसकेको छ। फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनुपर्ने भएकाले पनि अहिलेबाटै एमालेभित्र र बाहिर राष्ट्रपतिका लागि सम्भावित विभिन्न व्यक्तिको चर्चा सुरु भएको हो।

अब बन्ने राष्ट्रपति चौथो कार्यकालका लागि चयन हुनेछन्। पहिलो कार्यकाल रामवरण यादव राष्ट्रपति पदमा आसीन रहे भने दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी अहिले तेस्रो कार्यकालका लागि राष्ट्रपति छिन्। उनको पछिल्लो कार्यकाल यही फागुनमा सकिँदैछ। याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया