इटहरी उपमहानगरले पनि अवैध संरचना हटाउन थाल्यो

admin

काठमाडौँ, १३ माघ : इटहरी उपमहानगरले सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन थालेको छ ।

इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी मुख्य राजमार्ग आसपासका क्षेत्रमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाउन सुरु गरेको हो ।

आज (शुक्रबार) पहिलो दिन ६ लेन सडक विस्तार क्षेत्रभित्र पर्ने संरचनामाथि डोजर चलाइएको हो । पटक-पटक सूचना जारी गर्दा पनि अनधिकृत संरचना नहटाइएकाले नगरपालिकाले हटाउन सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया