रविले पाएनन् पूर्वगृहमन्त्रीको मान्यता

admin

काठमाडौँ, १४ माघ : नागरिकता विवादमा दोषी ठहरिएका रवि लामिछानेलाई पूर्वगृहमन्त्रीको मान्यता दिइएको छैन ।

अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता नलिएको मुद्धामा दोषी ठहरिएसँगै उनी राज्यविहीन बनेका छन् ।

शुक्रबार (हिजो)सम्म गृहमन्त्री रहेका उनलाई सरकारले नै पूर्वगृहमन्त्रीको हैसियत नदिएको हो ।
शुक्रबार सर्वोच्च अदालतले रविलाई नेपाली नागरिकका लागि कानूनी प्रकृया नपुर्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, सांसद, गृहमन्त्री र उपप्रधानमन्त्री लगायत सबै पदमा रहन नसक्ने फैसला सुनाएको थियो ।

उनी पदबाट बर्खास्त भएसँगै उनको नाम गृहमन्त्रालयमा राखिने पूर्वगृहमन्त्रीको लिष्टमा छैन । २०४७ सालयता गृहमन्त्रालय सम्हालेका मन्त्रीहरुको नाम समेटिएपनि रविको नाम भने राखिएको छैन ।

गत सम्पन्न आम निर्वाचनमा रविले चितवन–२ बाट सांसद जितेका थिए । त्यसपछि पुस ११ गठिन नयाँ सरकारमा उनले उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया