हारपछि जित हुन्छ : अध्यक्ष नेपाल

admin

सप्तरी, १४ माघ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताउनुभयो ।

राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताउनुभयो ।

“हार भन्ने कुरा सधैँ भइरहँदैन, बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ”, नेपालले भन्नुभयो ।

 

भारतमा पनि जवाहारलाल नेहरु, इन्दिरा गान्धी हुँदा जितिरहेको कांग्रेस (आइ) अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिनुहुँदै उहाँले कांग्रेस (आइ)ले अहिले सुरु गरेको देशव्यापी अभियानमा लाखौँलाख मानिसहरू जोडिएर नयाँ तरङ्ग सिर्जना गरिरहेको बताउनुभयो ।

उहाँले जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न बारम्बार आग्रह गर्दै समानुपातिक मतदानमा कमजोरी र बेवास्ता भएकाले आशा गरेअनुसार परिणाम प्राप्त नभएको बताउनुभयो ।

प्रतिक्रिया