सन्दिप लामिछानेलाई थुनामै फर्काउन माग गर्दै सर्वोच्चमा निवेदन

admin

काठमाडौँ, १७ माघ : क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आज (मङ्गलबार) निवेदन दर्ता भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै आज दिउँसो ३ बजे सर्वोच्चमा निवेदन दिएको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले सर्वोच्चको सिद्धान्त, प्रतिवादनका हिसाबले त्रुटीपूर्ण रहेका कारण त्यसलाई सच्याउन माग गर्दै निवेदन दिएको जानकारी दिनुभयो ।

‘‘आज सर्वोच्चमा निवेदन दर्ता गरेका छौं । थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा धरौटीमा रिहा गरिएकाले थुनामै राखी पुर्पक्ष गर्नुपर्ने मागसहित पाटनको आदेशविरुद्ध निवेदन दर्ता गरेका हौं ।,’’ प्रवक्ता रेग्मीले भन्नुभयो ।

गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट पुस २९ गते लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

प्रतिक्रिया