क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

admin

काठमाडौँ, १८ माघ : नाबालिग जबर्जस्तीकरणी अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा भएको छ ।

पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

क्यानका एक सदस्यले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा भएसँगै खेलमा फर्किने बाटो खुलेको जानकारी दिए ।

एक नाबालिगलाई जबर्जस्तीकरण गरेको आरोपमा पक्राउ परेपछि सन्दीपलाई क्यानले खेलबाट निलम्बन गरेको थियो ।

तर, केही समयअघि उच्च अदालत पाटनले २० लाख धरौटीसँगै सर्तसहित सन्दीपलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया