बागलुङमा फेरि एक पुरुषले गरे आत्मदाह

admin

काठमाडौँ, १८ माघ : बागलुङमा एक जना पुरुषले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

बुधबार बागलुङ नगरपालिका ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले घरभित्रै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।

शरीरमा पेट्रोल छर्केर आगो लगाएर घाइते भएका उनलाई उपचारका लागि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै गरेको बताइएको छ ।

घरमा कोही नभएको बेला जिसीले घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । यद्यपि, के कारणले उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे भन्नेबारे यकिन जानकारी आएको छैन । यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया