अन्तत: सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

admin

काठमाडौँ, १९ माघ : अन्तत: सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश हुनुभएकाे छ ।

बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश हुनुभएकाे हाे ।

लामिछाने बिहीबार देखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया