काठमाडौँ, १९ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने भएकाे छ ।
आज बसेकाे केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट नबाहिरिने निर्णय गरेकाे पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयाे ।
आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।