राष्ट्रपतिमा राष्ट्रिय सहमति कि प्रधानमन्त्री लम्ब्याउने चालबाजी ?

admin

काठमाडौं, माघ २२ : सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने बताएको छ ।

इतिहासमै प्रमुख प्रतिपक्षी दलको समेत विश्वासको मत लिएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड गरेको हो ।

तर, नेकपा (एमाले)ले भने यसलाई प्रधानमन्त्रीले गठबन्धनको सहमति बाहिर गएर पाँच वर्ष नै प्रधानमन्त्री हुने चालबाजीका रूपमा लिएको छ ।

राष्ट्रपति एमालेकै हुने ठोकुवा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो– ‘राष्ट्रपति एमालेकै हुन्छ । प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्रीको बार्गेनिङ गर्न यो तुरूप फाल्नुभएको हो ।

गठबन्धनबाट हाम्रो राष्ट्रपति पक्का छ ।’ तर उहाँले उम्मेदवारका विषयमा निर्णय गरिनसकेको बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया