काभ्रेका ज्येष्ठ नागरिकलाई सम्मान

राष्ट्रिय समाचार समिति

काभ्रेपलाञ्चोक, २२ माघ : धुलिखेल नगरपालिका–९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ ।

वडा कार्यालयद्वारा शनिबार काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

समाज परिवर्तनमा ज्येष्ठ नागरिकले गरेको योगदानको स्मरण एवं कदर गर्दै उहाँहरूलाई दीर्घजीवनको कामनासहित सम्मान गरिएको वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँले बताउनुभयो । सम्मानितलाई दोसल्ला र सम्मानपत्र तथा ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केटसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले अग्रज पुस्ताको सही मार्गनिर्देशअुसार नयाँ पुस्ता सामाजिक यात्रामा हिँड्नुर्पे बताउनुभयो ।

नगर उपप्रमुख निराजन जङ्गम, राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य वासुदेव हुमागाईँलगायतले अग्रजको सामाजिक कामको अनुशरण गर्दै आफूहरू सामाजिक सेवामा लागेको बताउनुभयो । रासस

प्रतिक्रिया