रास्वपाका तीन मन्त्रीहरूले आजै राजीनामा बुझाउने

admin

काठमाडौँ, २२ माघ : राष्ट्रिय स्वतन्त्र पार्टीका दुईजना मन्त्री र एकजना राज्यमन्त्रीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट दिएको राजीनामा बुझाउने तयारी गरेका छन्।

रास्वपाको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई पार्टीका मन्त्रीले आजै राजीनामा बुझाउने जानकारी दिए।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकले सरकार छाड्ने तर सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने निर्णय गरेको थियो।

रास्वपाले सरकार छाड्ने भएपछि पार्टीबाट सरकारमा गएका शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री ​डोलप्रसाद अर्यालका साथै स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले राजीनामा दिने भएका छन्।

प्रतिक्रिया