रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्चको आदेश

admin

काठमाडौँ, २२ माघ : नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ ।

नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

उक्त मुद्दाको आइतबार न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश दिएको हो

। सर्वोच्चको प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुनेछ । बहसपछि मिसिल र प्रमाणको अध्ययन हुनेछ ।

वि‍.सं. २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीचच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना तथा सशस्त्रका दुई र एक बालकसहित आठ जनाको मृत्यु भएको थियो ।

टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया