तत्कालै एमडिएमएस लागू गर्न मोबाइल वितरक संघको माग

admin

काठमाडौं, २५ माघ : नेपाल मोबाइल वितरक संघले मोबाईल डिभाइस म्यानजमेन्ट सिस्टम(एमडिएमएस) छिटो भन्दा छिटो लागू गर्न माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले एमडिएमएस रोकिदा अबैध फोन कारोबार गर्नेलाई फाइदा पुगकोे भन्दै छिटो भन्दा छिटो लागू गर्न माग गरेको हो ।

यसअघि पुष १५ गतेदेखि लागू हुने भनिएको एमडिएमएस अन्तिम समयमा आएर रोकिएको थियो । संघका अध्यक्ष दिनेश चुल्याद्योलेले एमडिएमएस प्रणाली नेपालमा भित्रने मोवाइलहरुको तथ्याङ्क राख्ने तथा नियमन गर्ने प्रणाली भएको र अहिल प्रणालीमा समस्या नभई कर व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।

एमडिएमएस लागू नहुदा बार्षिक १४ अर्व बराबरको अवैध भन्सार नतिरि फोनहरु भित्रने उहाले दावी गर्नुभयो । त्यस्तै उहाले अहिले कर तिरेर कारोवार गर्ने व्यवसायीहरुको मोवाइल बिक्रिबितरणमा कमि आएको बताउनुभयो । एमडिएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपूर्ण रहेको उहाको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले एमडिएमएसलाई पूर्ण रुपमा लागू गर्न गृहकार्य नपुगेकाले तत्कालका लागि स्थगीत गरिएको बताउनुभयो । उहाले एमडिएमएसको परिक्षणकालमा व्यक्तिगत भन्दा पनि अवैध बजारबाट भित्रिएका मोवाइलको दर्ता भएको देखिएको बताउनुभयो ।

गत पुस १५ गतेदेखि दूरसञ्चार प्राधिकरणले एमडिएमएस कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । तर, विदेशबाट एक भन्दा बढी मोबाइल ल्याउन नपाइने नियमसँगै चौतर्फी बिरोध पछि प्रधानमन्त्रीले एमडिएमएस रोक्न निर्देशन दिएका दिनुभएको थियो ।

 

प्रतिक्रिया