नेपाल र बंगलादेश उपाधिका लागि आज भिड्दै

admin

काठमाडौँ, २६ माघ : साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बिहीबार आयोजक बंगलादेशको सामना गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरू हुनेछ ।

नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोली बंगलादेशविरुद्धको खेल नेपालको लागि कठिन हुनेछ ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो भने बंगलादेश समुहको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

लिग चरणको खेलमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो । नेपाल आज त्यही हारको बदला लिने लक्ष्यमा साथ मैदानमा उत्रिदैछ । बंगलादेश भने जितलाई निरन्तरता दिन चाहन्छ ।

प्रतिक्रिया