एम्बुलेन्स नै बिरामी !

admin

काठमाडौं, माघ २९ : एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउँछ, बिरामी बोक्ने । हुन पनि हो, एम्बुलेन्सले बिरामी नै बोक्छ । तत्काल अस्पताल लैजानुपर्ने बिरामीहरूका लागि एम्बुलेन्स हाम्रा लागि निर्विकल्प यातायातको साधन हो ।

तर, गुल्मीमा बिरामी बोक्ने एम्बुलेन्स आफैं बिरामी पर्दा समस्या भएको छ । गुल्मीमा गुल्मी अस्पताल, रेडक्रस सोसाइटी, आशा अपाङ्ग केन्द्रलगायत विभिन्न पालिकामा एम्बुलेन्स बिरामी अवस्थामा छन् । तर, तिनको उचित संरक्षण एवं व्यवस्थापनमा कसैको चासो गएको छैन ।

गुल्मी जिल्ला अस्पतालमा दुई एम्बुलेन्स अत्यन्तै जीर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै बिग्रिएका एम्बुलेन्स भएपनि अहिले नयाँ भवन बन्दै गरेकाले झाडीमा फालिएको छ । झ्याप्प हेर्दा एम्बुलेन्स जस्तो जनि नदेखिने दुई एम्बुलेन्सलाई झाडीले घेरेको छ ।

अस्पतालका व्यवस्थापक असिम चौधरीका अनुसार एम्बुलेन्स कहिलेदेखि प्रयोगविहीन भए भन्ने कुनै आधिकारीक जानकारी छैन् । एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन वर्षअघिबाट नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तर, अस्पतालमै बिरामी एम्बुलेन्स हुँदा न त तिनको उपचार हुन सकेको छ, न त उचित व्यवस्थापन नै । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया