नेकपा बहुमतले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको छ : धमेन्द्र बास्तोला

admin

काठमाडौँ, १ फागुन: नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताउनुभएको छ ।

जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अव सडकबाट खुल्ला रुपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापीत गर्ने बताउनुभएको हो । नयाँ प्रकारको जनयुद्धबाटै नया समाज स्थापीत गर्ने उहाले बताउनुभयो ।

उहाले मुलुकलाई परिवर्तन गर्नका लागि क्रान्तिकारीबीच एकताको अभियान चलाएको जानकारी दिनुभयो । बास्तोलाले अव नेपालको कम्युनिष्ट आन्दोलनमा टुटफुटको श्रृखलालाई अन्त्य गर्दै कम्युनिष्ट ध्रुविकरणको वातावरण बन्दै गएको धारणा राख्नुभयो ।

अहिले प्रचण्ड बाबुराम लगाएतका नेताहरुमा देखिएको समस्याका कारण माओवादप्रति प्रश्न उठ्ने गरेपनि अहिले पनि माओवाद जिवित रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले पार्टी भित्र मुलुक रुपान्तरणको नयाँ बिचारको थालनी भइसकेको भन्दै यसलाई निष्कर्षमा पुराउने बताउनुभयो ।

प्रतिक्रिया