आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्दै संघीयतालाई बलियो बनाउनुपर्छ : उपराष्ट्रपति पुन

admin

काठमाडौँ, १ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीहरुलाई रक्षा गर्दै संघीयतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

मधेसी सहिद प्रतिष्ठानले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले संविधानलाई थप गतिशिल बनाउनका लागि परिमार्जन र संशोधन गर्दै प्राप्त उपलव्धीहरुलाई रक्षा गर्नुपर्ने बताउनुभएको हो ।

उहाले विस्तृत शान्ति प्रक्रियाको बाँकी काम पनि चाडै टुङ्ग्याउनु जरुरी रहेको बताउनुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमार्फत गर्नुपर्ने काम सम्पन्न नभएको भन्दै उहाले आयोग र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले मधेश प्रदेश सरकारको तर्फबाट विभिन्न आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुभएका ५ सय ४० जना सहिदका परिवारलाई जनही १ लाख नगद हस्तान्तरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया