काठमाडौँ, ४ फागुन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताउनुभएको छ ।
विजय स्मारक माध्यामिक विद्यालयको ६७ औं बार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगाएत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताउनुभएको हो ।
उहाले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको धारणा राख्नुभयो । राजनीति लगाएत जुनसुकै क्षेत्रमा स्थापीत हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उहाको भनाइ छ ।
त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गर्नुभयो ।
जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरु पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उहाले बताउनुभयो । नेता सिंहले आफुले निर्वाचनमा उठ्दा जनतासामू गरेका प्रतिवद्धताहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो ।