काभ्रे, ६ फागुन : अरनिको राजमार्ग अन्तर्गत बनेपाको भैसेपाटीमा बससंग कार ठोकिएको छ ।
बनेपा तर्फ आउँदै गरेको कार, काठमाडौं तर्फ जाँदै गरेको धुलिखेल अस्पतालको स्टाफ बससंग ठोकिएको हो ।
दुर्घटनामा कारमा सवार ४ जना घाइते भएका छन् । घाइतेहरूको शिर मेमोरियल अस्पताल बनेपा उपचार भैरहेको छ ।
घाईते मध्ये कार चालकको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रमेश बोहराले जानकारी दिनुभयो ।