टर्कीमा फेरि गयो भूकम्प

admin

एजेन्सी : टर्कीमा ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको दुई साता नबित्दै फेरि ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्पमा परी ३ जनाको मृत्यु हुँदा ६ सय बढी घाइते भएका छन् । भूकम्पको धक्का सिरियामा पर्दा सिरिया र टर्कीमा गरी ६ सय बढी घाइते भएका हुन् ।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादका अनुसार भूकम्पका कारण टर्कीको अन्टाक्या लगायत अन्य क्षेत्रहरुमा थुप्रै घरहरु भत्केका छन् । सयौं भग्नावशेषमा फसेकाहरुको उद्धार कार्य जारी छ । भूकम्पका कारण सिरियामा पनि दजनौं घरहरु भत्केका छन् ।

टर्कीमा गत फेब्रुअरी ६ को भूकम्पपछि ६ हजार भन्दा बढी पराकम्पन रेकर्ड गरिएको छ । बारम्बारको पराकम्पनले भूकम्पपीडितहरु थप मारमा परेका छन् ।

भूकम्पको धक्का लेवनान र इजिप्टमा पनि महसुस गरिएको छ ।टर्कीमा गत फेब्रुअरीमा गएको भूकम्पका कारण हालसम्म ४६ हजार बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया