काठमाडौं, फागुन ९ : जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ ।
कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छीले बसाइँ सर्ने गरेका छन्
अमेरिकाका बडेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन् । जीवशास्त्री डा. मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका ‘लगेज’का माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दाबी गर्दै भन्नुभयो, “एकसिङ्गे दुर्लभ गैँडाजस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराईमा देखिन थालेको छ । यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।”
वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुका पछाडि जङ्गली कोरिडोरको विकास प्रमुख कारण रहेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।