काठमाडौं, फागुन ११ : चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल वैदेशिक व्यापारमा २०.८४ प्रतिशतले गिरावट आएको छ भने यो अवधिमा निर्यात सबैभन्दा बढी २९.०३ प्रतिशतले घटेको छ ।
भन्सार विभागका अनुसार माघसम्ममा आयातमा भने १९.९ प्रतिशतमात्रैले कमी आएको हो । माघसम्ममा मुलुकले ८ अर्ब ७३ करोड रूपैयाँ व्यापार घाटा बेहोरेको छ ।
यस अवधिमा ९ खर्ब १९ अर्ब १६ करोडको वस्तु आयात हुँदा निर्यात भने ९३ अर्ब ४३ करोडमा सीमित छ, जसकारकारण सवा ८ खर्ब व्यापार घाटा हुन पुगेको हो ।
यद्यपि, गत आवको सोही अवधिको तुलनामा मुलुकको व्यापार घाटा कम हो । गत वर्षको माघसम्ममा १० खर्ब १५ अर्ब ८० करोड रूपैयाँ बराबरको व्यापार घाटा भएकोमा चालु आवमा भने १८.७१ प्रतिशतले कमी आएको विभागको तथ्यांक छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।