यस्तो छ आजको मौसम

admin

काठमाडौँ, १३ फागुन : देशका एक दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

साथै यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको अनुमान गरिएको छ। विभागका अनुसार देशका बाँकी ठाउँमा दिनभर नै मौसम आंशिक बदली रहने छ।

शनिबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।

प्रतिक्रिया