Home

प्रतिनिधिसभा बैठक आज बस्दै

admin

काठमाडौं, फागुन १५ : प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्दैछ। बैठक सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित हुनेछ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी रहमानको हृदयाघातका कारण फागुन १३ गते शनिबार निधन भएको थियो।

उनीप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

प्रतिक्रिया