अभिनेता पल शाह आज रिहा हुँदै

admin

काठमाडौं, फागुन १५ : नाबालिक बलात्कार गरेको आरोपमा सजाय भोगिरहेका कलाकार पल शाह आज छुट्दै छन् । जिल्ला अदातल नवलपरासीपूर्वले गरेको फैसलालाई उल्ट्याउँदै उच्च अदालत पोखराले शाहलाई साफाई दिएको हो ।

आइतबार उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहविरुद्ध नाबालिगको अभियोग दाबी नपुग्ने नपुगेको भन्दै शाहलाई सबै अभियोगबाट सफाइ दिइने फैसलामा जनाइएको छ ।

फैसला अनुसार नै आज शाह छुट्दैछन् । शहविबरुद्ध ती नाबालिगले आफूलाई जबरजस्ति बलात्कार गरेको भन्दै जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा हालेकी थिइन् ।

यसअघिको फैसलामा तनहुँ जिल्ला अदालतले भने शाहलाई सफाइ दिएको थियो । तर नवलपरासी पूर्वले भने शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । सो फैसलाबिरुद्ध शाह र सरकारी वकिलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

एक नाबालिगले आफूमाथि जबरजस्ति बलात्कार गरेको भन्दै पलबिरुद्ध २०७८ फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँ र २०७७ चैत ७ मा नवलपरासी पूर्वमा उजुरी दिएकी थिइन् ।

त्यसपछि प्रहरीको फरास सूचीमा रहेका पल आफैँले १५ फागुन अर्थात एकवर्ष अघि आजकै दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । संयोग बस पल ३६५ दिन अर्थात ठिक एकवर्षमा छुट्दैछन् ।

प्रतिक्रिया