जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशन गर्दै सरकार

admin

काठमाडौँ, १५ फागुन: सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने भएको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो।

स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते ६ हजार ३४४ जनालाई शहीद घोषणा गरेको भए पनि राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन। अहिले त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको बताइएको छ।

 

प्रतिक्रिया