पशुपति सरसफाइका लागि सरकारले ३ महिने अभियान चलाउने

admin

काठमाडौँ, १५ फागुन : सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ ।

सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयमा पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताउनुभएको हो ।

उहाँले आउँदाे शनिवारदेखि पशुपति सरसफाइको अभियान सुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीसहित आफ्नो अध्यक्षतामा त्याे अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा बाेल्दै मन्त्री किरातीले पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री किरातीले आफू मन्त्रीको रूपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकीय कुराहरूमा सुधार ल्याएको बताउनुभयो । त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरू घटिरहेका भन्दै महिलाविरुद्ध हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तैगरी फेब्रुअरी ७ मा ग्राउन्डेड भएको ट्विनअटर जहाजका लागि छानबिन गर्न उपसमिति बनाएको मन्त्री किरातीले बताउनुभयो । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उहाँको भनाइ छ ।

प्रतिक्रिया