Home

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौँ, फागुन १७ : नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९७ पैसा र बिक्री दर १३२ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०५ पैसा र बिक्री दर १४० रूपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७१ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया