महेन्द्रनगर (धनुषा), १८ फागुन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताउनुभएको छ ।
आज सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी कार्यालयमा उपराष्ट्रपतिको उम्मेदवार ल्याउन जसपा स्वतन्त्र छ कि कांग्रेसको केही इच्छा छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता सिंहले राष्ट्रपतिको निर्वाचनपछि त्यस विषयमा दलबीच परामर्श हुने बताउनुभयो । उहाँले राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने र जसपालाई उत्तम उम्मेदवार ल्याउन आग्रह गरिने बताउनुभएको छ ।
नेता सिंहले पार्टी सभापति देउवालाई पाँच वर्ष प्रधानमन्त्रीमा एमालेले प्रस्ताव गरेको कुरा आफ्नो जानकारीमा नरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेता आनन्द ढुङ्गाना प्रदेश सांसद शेषनारायण यादव, कुमारकान्त झा, धनुषा सभापति योगेन्द्र पजियारसहितको उपस्थिति थियो ।