काठमाडौँ, २० फागुन : रेष्टुराँको छ तलामाथिबाट खसेर घाइते हुनुभएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको अवस्था गम्भीर बनेको छ ।
काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दानबहादुर कार्कीले उहाँको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।
आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो ।
नेता उपाध्याय नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाई हुनुहुन्छ ।