फेवातालमा डुंगा बेपत्ता

admin

काठमाडौँ, २० फागुन : पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोशीले ५ जनाको सकुशल उद्धार गरिएको बताए उनका अनुसार एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ ।

पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो । डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

प्रतिक्रिया