सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

admin

सुन्दरहरैँचा, २१ फागुन : लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो ।

सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिनुभयो ।

उहाँले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी छ भन्नुभयो ।

तीन लगानी कर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको निर्माता उहाँले बताउनुभयो । सो हलमा एक सय ३० सिट क्षमता छ ।

हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका थिए ।

सञ्चालक बस्नेतले भन्नुभयो, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र त्यो अभावलाइ विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया