जनताको जीवनस्तर माथि उठाउनु नै सरकारको प्रमुख उद्देश्य : उपप्रधानमन्त्री श्रेष्ठ

admin

कावासोती, २६ फागुन : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताउनुभएको छ ।

शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको शान्ति नमूना आधारभूत विद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले देशमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको संविधान कार्यान्वयनको क्रममा अगाडि बढेको हुँदा अबको समयमा सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै जनताको जीवनस्तर माथि उठाउने प्रमुख उद्देश्य लिएर सरकार अगाडि बढेको बताउनु भएको हो ।

जनताको जीवनस्तर माथि उठाउन सबैभन्दा पहिले सार्वजनिक शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षा दिन सक्ने बनाउनका लागि शैक्षिक क्षेत्रमा सरकारले बजेट बढाउने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा सँगसँगै स्वास्थ्य, आवास, खानेपानी, खाद्यान्नजस्ता आधारभूत कुरामा जनताको सहज पहुँच हुने वातावण बनाउन सरकार लागि परेको उल्लेख गर्नुभयो ।

“राजनीतिक परिवर्तनको मूख्य उद्देश्य भनेकै जनताको जीवनस्तर माथि उठ्नु हो, त्यसैले अहिलेको सरकारले हर हालतमा सामाजिक र सांस्कृतिक रूपान्तरणलाई अगाडि बढाएर आर्थिक समृद्धिसहित जनताको जीवजस्तर माथि उठाउनु प्रमुख लक्ष्य लिएको छ,” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले शहर र गाउँबीच देखिएको विकासको असमानता बिस्तारै हट्दै गएको र गाउँको विकासलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।

“राजधानी र ठूला शहरलाई झिलिमिली बनाउनु मात्रै विकास होइन, दूरदराजका सबै गाउँमा विकास पु¥याउनु पर्छ, त्यहाँका जनताले विकासको प्रतिफल प्राप्त गर्नुपर्छ अनिमात्रै जनतालाई परिवर्तनको महसुस हुन्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया