काठमाडौँ, २८ फागुन : नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने कामलाई पुन: निरन्तरता दिएको छ ।
अदालतलको आदेशलाई बेवास्ता गर्दै प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता दिएको छ ।
गत १६ फागुनमा पाटन उच्च अदालतको संयुक्त इजलासले दिएको अन्तरिम आदेशको उल्लंघन गर्दै प्राधिकरणले काठमाडौं चक्रपथ क्षेत्रमा इन्टरनेटका तार काट्न थालेको हो ।
शुक्रबार मात्रै पनि प्राधिकरणले काठमाडौं कलंकी क्षेत्रमा तारहरु काट्ने काम अगाडी बढाएको छ । न्यायधीशद्वय बालेन्द्र रुपाखेती र सुदर्शनराज पाण्डेको इजलासले सार्वजनिक सेवा सुविधा सन्तुलनको दृष्टिबाट इन्टरनेट तार काट्ने, इन्टरनेट सेवा अवरुद्ध गर्ने कार्य नगर्नु नगराउनु भन्दै प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।