Home

कस्तो रहला आजको मौसम ?

admin

काठमाडौं , चैत १ : उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

अपराह्नपछि काठमाडौंसहित बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना छ। बाँकी स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ।

बिहान गण्डकी र लुम्बिनीका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ। बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया