कांग्रेसविरुद्ध निर्वाचन आयोगमा एमालेले दियाे उजुरी

admin

काठमाडौँ, १ चैत : नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।

आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो ।

आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी दिइएकाे एमालेकाे सचिवालयले जनाएकाे छ । उपराष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेबाट मौनअवधि सुरू हाे ।

प्रतिक्रिया