आठ महिनामै विदेशिए ५ लाख युवा

admin

काठमाडौँ, ७ चैत : रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो महिना (माघ)को तुलनामा केही कम हो ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

पछिल्लो समय साउदी अरब नेपालीको चौथो गन्तव्य देश बनेको छ । मलेसियामा आप्रवासी श्रमिकको सेवासुविधा बढेसँगै साउदी अरब कम रोजाइमा पर्ने गरेको र गएका पनि फर्किने क्रम बढेको महानिर्देशक आचार्यले बताउनुभयो । फागुनमा ५६ हजार ७१९ जना पुरुष र पाँच हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया