अनलाइन जुवा र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ

admin

काठमाडौँ, ८ चैत : नेपाल प्रहरीले जुवा खेल्ने भर्चुअल माध्यम वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवले उनीहरुलाई पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको हो। अनुसन्धान कार्यालयको टोलीले चैत ५ गते दिउँसो काठमाडौंको बबरमहल स्थितबाट कृष्णबहादुर कटवालसहित ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

रकमको चलखेल गरी विभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुटा लिखित तथा नक्कली कागजात तयार गरेको सूचनाका आधारमा चैत ५ गते कटुवालालई पक्राउ गरिएको थियो ।

कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता बिना नै लेखापढी गर्ने कार्य गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरुसँगबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाईसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजातहरु किर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित फेला पारी पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

प्रतिक्रिया