आठ महिनामा व्यापारघाटा ९ खर्ब ५३ अर्ब

admin

काठमाडौं, चैत ९: गत साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रूपैयाँबराबर रहेको छ ।

भन्सार विभागका अनुसार ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो । गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रूपैयाँबराबरको व्यापारघाटा भएको थियो ।

चालू आवको पहिलो ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रूपैयाँको आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रूपैयाँबराबरको निर्यात भएको छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।

गत वर्षको साउनदेखि फागुनसम्ममा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाखको आयात भएको थियो भने १ खर्ब ४७ अर्ब ७४ करोड ४६ लाख रूपैयाँको निर्यात भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया