समय चैतसम्मको तर भवन अधुरै

admin

काठमाडौँ, चैत १४ : सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन तोकिएको समयमा नबन्ने भएको छ ।

भवन निर्माणको जिम्मा लिएको कम्पनीले समयमा भवन बनाउन नसकेपछि फेरि एक वर्ष म्याद थपको प्रस्ताव गरेको छ ।

पहिलो सम्झौताअनुसार २०७९ असोजमा भवन निर्माण भएसक्नुपर्ने थियो । निर्माण कम्पनीले कोभिड–१९ लाई बहाना बनाएपछि ६ महिना म्याद थप गरिएको थियो । त्यसअनुसार चैत मसान्तसम्म निर्माण पूरा गर्नुपर्नेमा अर्काे एक वर्ष थपको प्रस्ताव गरिएको हो ।

कुल ५ अर्ब ६७ करोड २६ लाख (भ्याटसहित) रूपैयाँ लागतमा यो भवन बनाउने ठेक्का निर्माण कम्पनी तुँदी सेक जेभीले पाएको थियो ।

संसद् भवन ३ वर्षमा निर्माण पूरा गरी तुँदी र सहरी विकास तथा भवन निर्माण विभागबीच २०७६ असोजमा निर्माण सम्झौता भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया