मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै

admin

काठमाडौँ, चैत १४ : सत्तारुढ दलको बैठक मंगलबार बस्दैछ । मन्त्रालयहरुको भागवण्डा मिलाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।

मंगलबारका बैठकमा सहमति भए भोलि बुधबारसम्ममा मन्त्रिपरिषद विस्तार हुने सम्भावना रहने छ । दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल आबद्ध छन् । चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया