भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

admin

काठमाडौँ, १४ चैत : नेपाल थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

नेपाल १– ० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीले गोल गर्दै नेपालको हार टारेका हुन् । अब नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ ।

प्रतिक्रिया