आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

admin

काठमाडौं, चैत १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

सत्ता गठबन्धनका नेताहरुले भागबण्डाको विवाद मिलेको दाबी गरेकाले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको हो ।

गठबन्धनमा रहेका दलहरुले प्रधानमन्त्री प्रचण्डलाई मन्त्री बन्नेहरुको नाम दिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने छ । गृह मन्त्रालयको विषयमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवै दलको दाबी कायमै रहेको बुझिएको छ ।

बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई दुई/ दुई मन्त्रालय र अन्य साना पार्टीहरुलाई एक एक वटा मन्त्रालय दिने गरी भागबण्डा मिलेको नेताहरुको दाबी छ । कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने निक्र्यौल चाहिँ अझै भईसकेको छैन ।

प्रतिक्रिया