काठमाडौं, चैत १९ : घुस रकमसहित मालपोत कार्यालय बाराका २ कर्मचारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले १५ हजार घुस रकमसहित खरिदार रामविश्वास साह र लेखापढी गर्ने गौरीशंकर कुशवाहालाई नियन्त्रणमा लिएको हो।
सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा दुवै जनालाई आइतबार मालपोत कार्यालय परिसरनजिकै पसलबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।