डिजल र हवाई ईन्धनको मूल्य घट्यो

admin

काठमाडौं, चैत २० : नेपाल आयल निगमले डिजलको मूल्य प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजलको मूल्य प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मुल्य प्रतिलिटर ३ रुपैयाँले घटाउँदा मट्टीलेतको मूल्य भने घटाएको छैन् ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रति लिटर १७५ रुपैयाँ, डिजलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । मट्टीतेलको मुल्य भने प्रतिलिटर १७५ रुपैयाँ कायमै छ ।

यस्तै, निगमले आन्तरिक र बाह्य तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । भारतीय आयल कर्पाेरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया