भरतपुरको क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने सरकारको निर्णय

admin

काठमाडौं, चैत २० : सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफराक गर्ने निर्णय गरेको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फण्डेसनले निर्माण सामाग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ । यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल लामो समय रह्यो ।

मन्त्रिपरिषदको निर्णयपछि अब भरतपुर महानगरले हिसाब फरफारक गर्ने छ । रंगशाला निर्माणको काम भने युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण हुन्छ ।’

प्रतिक्रिया